गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको जेठ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.२ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ९.७ प्रतिशतले अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु ११६.६२ कायम हुँदा २०७७ असार मसान्तमा उक्त विनिमय दर रु १२०.३७ रहेको थियो ।यसैगरी २०७७ असार मसान्तमा रु १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु