सहर पस्न थाले बाघ

बाघको सङ्ख्या बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सङ्ख्या वृद्धिसँगै संरक्षित क्षेत्रमा बाघ व्यवस्थापन हुन नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने चुनौती बढेको छ । भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा आक्रमण गर्ने बाघलाई आइतबार साँझ उद्धार गरी सौराहामा राखिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार करिब पाँच वर्षको सो बाघलाई उद्धार गरिएको हो । “बाघ निकुञ्ज आसपासका मानव बस्तीमा आउने जाने त भइरहन्छ तर अहिले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्नु दुःखद हो,” उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

पर्यटकीय गन्तव्य बन्दै निकुञ्ज

दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्जका रूपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन श्यामकुमार साहले निकुञ्ज स्थापना भएको १० वर्षमै पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले यो निकुञ्जमा बाघ अवलोकन गर्नका लागि पर्यटक आउने क्रम पनि बढेको बताउनुभयो। उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु पाटेबाघ अवलोकनको गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यो निकुञ्ज पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जबाट करिब १६ किलोमिटरको दुरीमा पर्छ।

अनि पोखरा रंगशालामा नरभक्षी बाघ मारियो… (तस्बिरहरू)

पोखरा । बाघले सहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाई समेत आक्रमण गरेर मार्न थालेपछि जनताले राजालाई नरभक्षी बाघ मारिदिन गुहार माग्छन् । जनताको गुहार सुनेपछि राजाले आफ्नो सम्पूर्ण शक्तिका रुपमा प्रधानमन्त्री, सेना प्रमुख, सेना, सिकारीहरु बाघ खोज्नतिर लागे । सोमबारबाट बाघ खोज्न सुरु गरेका राजाले अन्तत बुधबार दिउँसो बाघ फेला पारे । त्यसपछि राजाले […]

काँकडभिट्टालाई पानी खुवाउनेहरू: तिर्खा मेटाउने कहानी

देशको पूर्वी सीमाञ्चल काँकडभिट्टा अहिले पो भव्य सहर भयो । पहिला कहाँ हुनु यस्तो । जंगलामुलुक थियो । औलोको प्रकोप उस्तै । दिउँसै कराउँथे स्याल । कहिलेकाहीं गर्जिन्थे बाघ पनि । २०२० सालको दशकमा राजा महेन्द्रले बर्मेली नेपालीभाषीलाई बोलाए । हूल बाँधिएर आएका बर्मेली जंगल फडानी गरेर बस्न थाले सिमानामा, पर्खालजसरी । बस्ती बाक्लिँदै गयो । जंगल मासिँदै गए । स्यालहरू हराउँदै गए । बाघको गर्जन सुनिन छाड्यो ।

तालिबानी आक्रमणमा १९ सैनिक मारिए

कुन्दुज । तालिबानी लडाकू समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज सहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ–सिर्कातमा रहेको सैनिक शिविरमा …