यसअघि असोजमा पनि हामी न्यायको लागि पैदल हिँडेर नेपालगञ्जदेखि काठमाण्डौ आएका थियौँ । हामीलाई यहाँबाट नेपालगञ्ज पठाउनका लागि सरकारले ६ जनाको छानबिन समिति बनाउँछौँ र समितिले जे सुझाव दिन्छ त्यो कार्यान्वयन गर्छाैँ भनेर भन्यो । हामीसँगको वार्तामा सरकारले छल गरेको छ । त्यस कारण हामी फेरि फर्किएर माइतीघर आउनुपर्याे ।
हामी सरकारको कुरामा सहमत भयौँ । सरकारले हामीलाई काम गर्ने समय दिनुस् भन्यो । हामीले समय दियौँ । छानविन समिति पनि बन्यो, वार्ता पनि भयो । समितिले नेपालगञ्ज गएर काम प...