काठमाडौँ : ५० हजार घुस रकमसहित पक्राउ परेका वडाध्यक्षलाई तीन महिना जेल सजाय भएको छ। भवन निर्माण सम्पन्न भएको सिफारिस दिन सेवाग्राहीबाट घुस लिने सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ का वडाध्यक्ष सबदुल मियाँलाई दोषी ठहर गर्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायधीशहरु रामबहादुर थापा र मुरारी बाबुश्रेष्ठको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। वडाध्यक्ष मियाँ गत असारमा पक्राउ परेका थिए। अदालतको सोही इजलासले चन्द्रागिरि नगरपालिकाकी असिस्टेन्ट सब