काठमाडौं- कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा दुर्घटनाग्रस्त भएको छ । झापाबाट विराटनगर जाने क्रममा दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू नेकपा एमालेका सांसदद्वय नम्बरलाल धिमाल र राधाकृष्ण खनाल, नेपाली कांग्रेसकी मैया श्रेष्ठ र एकीकृत समाजवादीकी विद्या चाम्लिङ सवार थिए । उनीहरू सवार गाडीलाई एकजना डीएसपीले हाँकेको अर्को कारले ठक्कर दिएको खुलेको […]
कतिपयले ज्यानै जाने गरी नेपाली युवाहरूले गरेको आन्दोलन र बेलाबेला भइरहने हुलदंगाको कारण देखाउँदै नेपाली श्रमिकको कोटा घटाएको हो कि भन्ने आशंका व्यक्त गरिरहेका छन्।
काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रधानन्यायाधीशले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना […]