राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनीमा मतदान शुरू भएको छ ।
बिहान ९ बजे दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको हो । शुरूमा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरे।
निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ ।
सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।