ईश्वरराज ढकाल, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले चाडबाड लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । परिसरले असोज १ गतेबाट सुरक्षा योजना लागू गरेको जनाएको हो । विशेष सुरक्षा योजना अवधिभर ५ हजार प्रहरी परिचालित हुनेछन् । चाडबाडको मुखमा घर छाडेर जाँदा नजिकैको प्रहरीलाई जानकारी दिनुपर्नेदेखि घरमा सीसीटिभी जडान गर्नेसम्मको योजनामा समावेश गरिएको छ […]