नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्ष्य गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ। दसैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए। उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली […]