क्रिकेटमा सफलता जोगाउने चुनौती

नेपाली सिनियर क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । अब चार वर्षका लागि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई खेल्न पाउने भएको छ । यो नेपाली क्रिकेटको लागि गर्व गर्ने विषय हो । नेपाली क्रिकेटरले खेल नै पर्याप्त खेल्न पाउँदैनन् । नेपालमा प्रतियोगिता पनि पर्याप्त आयोजना हुने गरेको […]

सम्बन्धित सामग्री

समयमै विद्यार्थीका हातमा पुस्तक पुस्तक र किसानलाई मल : यो सफलता जोगाउने चुनौति

केही वर्षयता हरेक वर्ष असारमास लागगेपछि किसानहरु रासायनिक मलका लागि ठूलै संघर्ष गर्नुपर्ने अवस्था रहँदै आएको थियो । धान रोपाइँका समयमा मल अभाव हुने नेपालका लागि दीर्घकालीन रोग हो । कृषिप्रधान देशमा ‘मानो रोपेर मुरी उब्जाउने बेला’ अर्थात् असारे धान रोपाइँका समयमा मल प्राप्त गर्न पनि देशैभरका किसानले सधैं धेरै पसिना बगाउनुपर्दथ्यो । तर, यसपटक …

लुम्बिनी प्रदेशमा एमालेका प्रभावशाली नेतालाई साख जोगाउने चिन्ता

निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको एमालेले त्यतिबेला वाम गठबन्धनको बलमा सफलता पाएको थियो ।अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धन एकातिर हुँदा एमालेलाई आफ्नो वर्चश्व रहेका क्षेत्रमै कडा चुनौती मिल्ने देखिएको छ ।लुम

बाघ ‘डबल’ पछि अबको बाटो के ?

नेपालमा बाघको संख्या ३ सय ५५ रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेसँगै एकातिर बाघ संरक्षणका हिसावले ठूलो सफलता मिलेको छ भने यस विषयमा सकारात्मक बहस प्रारम्भ भएको छ । अर्कोतिर मानिस–बाघ द्वन्द्व कसरी रोक्ने भन्नेबारे पनि सामाजिक चर्चा सुरु भएको छ ।सन् २०१० मा नेपालले बाघको संख्या दोब्बर बनाउन गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धतामा सफलता हासिल गरेको छ । बाघको संख्या दोब्बर भएसँगै अव यो संख्यालाई कसरी जोगाउने र मान्छेलाई बाघको खतराबाट कसरी टाढा राख्नु नै अवको प्रमुख चासो र चुनौती हो ।

बाघ ‘डबल’ पछि अबको बाटो के ?

नेपालमा बाघको संख्या ३ सय ५५ रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेसँगै एकातिर बाघ संरक्षणका हिसावले ठूलो सफलता मिलेको छ भने यस विषयमा सकारात्मक बहस प्रारम्भ भएको छ । अर्कोतिर मानिस–बाघ द्वन्द्व कसरी रोक्ने भन्नेबारे पनि सामाजिक चर्चा सुरु भएको छ ।सन् २०१० मा नेपालले बाघको संख्या दोब्बर बनाउन गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धतामा सफलता हासिल गरेको छ । बाघको संख्या दोब्बर भएसँगै अव यो संख्यालाई कसरी जोगाउने र मान्छेलाई बाघको खतराबाट कसरी टाढा राख्नु नै अवको प्रमुख चासो र चुनौती हो ।

मास्क निर्यात आँकडाले दिएको पाठ

वर्तमान महामारीका माझ नेपालको निर्यात व्यापारमा दोहोरो अंकको वृद्धिलाई धेरैले भटमासको तेलको निर्यातसँग मात्र जोडेर हेर्ने गरेका छन् । परन्तु त्यो आंशिक सत्य मात्र हो । वास्तवमा यस अवधिमा छओटा प्रधान वस्तुबाहेक अधिकांश वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपालको निर्यातमा देखिएको यसप्रकारको चरित्रगत विशेषताका पछाडि दुईओटा कारण विद्यमान छन् : पहिलो, नेपाली उद्यमी र निर्यातकर्ताका विपरीत धारमा पनि टिक्न सक्ने क्षमता तथा दोस्रो नयाँ परिस्थितिलाई आफूअनुकूल ढाल्न सक्ने खुबी । नेपालका प्रमुख निर्यातयोग्य वस्तुहरूको निर्यातमा व्यापक वृद्धिको अवस्था देखिनुले नेपाली उद्यमी र निर्यातकर्ताका विपरीत धारमा पनि टिक्न सक्ने क्षमता प्रमाणित भएको छ । यसै गरी फेसमास्क जस्तो संवेदनशील वस्तु विश्वका प्रमुख औद्योगिक मुलुकहरू संयुक्त राज्य अमेरिका, जापान, भारत, भुटान, यूके, सिंगापुर, स्वीट्जरल्यान्ड, यूएई, फ्रान्स र जर्मनीजस्ता देशहरूमा निर्यात हुन सक्नुले नेपाली उद्यमी र निर्यातकर्तामा संकटमा सृजित अवसरहरूलाई उपयोग गर्ने क्षमता रहेको प्रमाणित भएको छ । नेपाली उद्यमी र निर्यातकर्ताले विकसित देश र छिमेकी देशहरूका उद्यमी र निर्यातकर्तासरह प्राथमिकता, सहयोग र प्रोत्साहन पाएको भए धेरै उत्पादनमा नेपाली उद्यमी र निर्यातकर्ताले यस्ता अरू पनि सफल उदाहरणहरू स्थापित गर्न अवश्य पनि सफल हुन्थे । उद्योग स्थापना, विकास, विस्तार र निर्यात क्षेत्रमा विश्वभरका सरकार आवश्यकताअनुसार अभिभावक, संरक्षक, उत्प्रेरक तथा उद्धारकका रूपमा भूमिका खेलिरहेका हुन्छन् । नेपाली उद्यमी र निर्यातकर्ताका लागि पनि यी चारओटा भूमिकाको खाँचो रहेको देखिन्छ । नेपाली उद्यमी र व्यापारीहरू विश्वका कुनै पनि देशका उद्यमी र व्यापारीहरू भन्दा कम क्षमताका छैनन् । इतिहास हेर्ने हो भने सिल्क रोडको भारत र चीनबीचको व्यापारमा राणाकालको मध्यखण्डसम्म पनि नेपाली व्यापारीहरूको नै एकछत्र प्रभुत्व कायम रहेको विषय डा. महेशचन्द्र रेग्मीका प्रकाशनहरू पढ्दा स्पष्टै बुझ्न सकिन्छ । सन् १९२३ सम्मको नेपालको विदेशनीतिको एक महत्त्वपूर्ण शर्त सिल्क रोडमार्फत हुने भारततर्फको व्यापारको प्रभुत्व नेपाल नै रहोस् भन्ने थियो । त्यस समयमा नेपाली व्यापारीको पहल पनि यसै विषयमा केन्द्रित रहन्थ्यो । मल्लकालको पछिल्लो कालखण्डमा यो प्रभुत्व कमजोर हुँदै जाँदा पृथ्वीनारायण शाहले ‘उप्रान्त पूरव, पश्चिमको रास्ता बन्द गरी नेपालको रास्ता चलाउँला’ भन्ने दिव्योपदेश नै दिएबाट यस क्षेत्रमा नेपालको महत्त्व आफै स्पष्ट हुन्छ । उता खस साम्राज्यको व्यापार कश्मीर, गान्धार, पर्सिया हुँदै अरबसम्म पुगेको देखिन्छ । जुम्लामा तालीम दिएका बाजहरू अरब देशहरूमा गएर बेच्ने कला कौशल नेपाली व्यापारीमा रहेको देखिन्छ । यसरी विकट भूगोल र विकट समयमा पनि नेपाली उद्यमी व्यापारीहरू वैदेशिक व्यापारमा पोख्त रहेको इतिहासका उदाहरणले पुष्टि गर्छ । वर्तमान महामारीमा फेसमास्कको निर्यात नेपाली उद्यमी र व्यापारीहरूको विगतको निरन्तरता हो भन्दा अत्युक्ति नहोला । परन्तु इतिहासको विरासत र वर्तमान कुशलताले मात्र आजको अति प्रतिस्पर्धायुक्त वर्तमान संसारमा टिक्न र प्रस्फुटित हुन त्यत्ति सहज छैन । वर्तमान संसारमा व्यापारीको क्षमता अभिवृद्धि गर्न सरकार तत्त्व अझ बढी निर्णायक भएर आएको छ । उद्योग स्थापना, विकास, विस्तार र निर्यात क्षेत्रमा विश्वभरका सरकारहरू आवश्यकताअनुसार अभिभावक, संरक्षक, उत्प्रेरक तथा उद्धारकका रूपमा भूमिका खेलिरहेका हुन्छन् । नेपाली उद्यमी र निर्यातकर्ताहरूलाई पनि सरकारको उपर्युक्त चारओटा भूमिकाको खाँचो रहेको देखिन्छ । अहिले पनि नेपाली उद्यमीहरूले जसरी तसरी नेपालको निर्यात व्यापारको बिडो थामेरै बसेका छन् । भूपरिवेष्टित मुलुक, महँगो ढुवानी भाडा, कच्चापदार्थमा चरम परनिर्भरता तथा प्रक्रियागत जटितला, भौतिक पूर्वाधारको कमजोर अवस्था तथा उद्योगतन्त्रको कमजोर धरातलका माझ विश्वका सबल र सक्षम देशका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरेर जम्नु पनि चानचुने विषय होइन । एकातिर व्यापारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने सूचकांकहरूको कमजोर अवस्थामा त्यसै पनि व्यवसाय गर्नु महँगो हुन जान्छ । त्यसमा पनि छिमेकी मुुलुक भारत र चीनका उद्यमी र निर्यातकर्ताहरूले प्राप्त गर्ने सहुलियत, अनुदान, प्रोत्साहन र राज्यका तर्फबाट गरिने पैरवीको तुलनामा नेपाली उद्यमी व्यवसायीहरूले प्राप्त गरिरहेका सहुलियत, अनुदान, प्रोत्साहन र राज्यका तर्फबाट गरिने पैरवी अनुभव हुने गरी भएको पनि छैन । यस परिस्थितिमा यस चरम संकटका बेला नेपाली व्यवसायीहरूले प्रदर्शन गरेको कौशलता फेरि पनि प्रशंसाको पात्र नै मान्नुपर्छ । यस परिस्थितिमा अन्य मुलुकले झैं नेपाल सरकारले पनि निर्यात क्षेत्रका लागि चारओटा भूमिका खेल्नुपर्छ । नयाँनयाँ वस्तुहरूको पहिचान गरी निर्यात गर्ने पक्षमा वातावरण बनाउन राज्यले अभिभावकीय भूमिका खेल्नुपर्छ । यस्तो भूमिकामा सम्बद्ध पक्षसँग सरसल्लाह र आडभरोसाजस्ता विषयहरू पर्छन् । भारतको गुजरातको औद्योगिकीकरणमा त्यहाँका तात्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले यही भूमिका खेलेका थिए । त्यस्तै स्टार्टअपमा संलग्न, निर्यात शुरू गरेका र यस क्षेत्रमा अनुभव प्राप्त व्यवसायीहरूलाई उचित संरक्षणको व्यवस्था पनि सोहीअनुरूप हुनुपर्छ । व्यवसाय शुरू गर्दा चाहिने संरक्षण तथा सञ्चालन गर्दा चाहिने संरक्षण सरकारबाट प्रदान गरिनुपर्छ । चीनको चामत्कारिक निर्यात वृद्धिको सबैभन्दा महत्त्वपूर्ण मन्त्र यही नै हो । अनुदान, प्रोत्साहन, प्रक्रियागत सहजता, सुगमता र सुलभताजस्ता विषयहरूमा सरकारको उचित लगानीले सदैव उत्प्रेरणात्मक भूमिका खेलेको हुन्छ । विश्वभरि विशेष गरी कृषिजन्य वस्तुहरूको निर्यातमा यस्ता सुविधा सरकारबाट अनवरत रूपमा प्राप्त हुने गर्छन् । यसैगरी निर्यात व्यवसाय संकटमा पर्दा त्यो संकटबाट उद्धार गर्ने प्रत्याभूति पनि हुन जरुरी छ । विश्वभरका प्रधान अर्थतन्त्रहरूले आफ्ना निर्यातकहरू संकटमा पर्दा प्रत्यक्ष र अप्रत्यक्ष विधिहरूबाट संकटबाट उद्धार गर्ने गर्छन् । यसरी यी दृष्टान्तबाट शिक्षा लिँदै नेपाल सरकारले नेपाली निर्यात क्षेत्रको अभिभावक, संरक्षक, उत्प्रेरक तथा उद्धारक रूपमा आफूलाई स्थापित गर्नुपर्छ । यत्ति गर्न सकेको खण्डमा जसरी आज संकटको समयमा फेसमास्क निर्यात गर्न नेपाली उद्यमी समक्ष भएका छन् त्यसरी नै भविष्यमा यस्ता अनेक क्षेत्रहरूमा नेपाली व्यवसायीहरूले सफलता प्राप्त गर्न सक्ने देखिन्छ । सरकार र निर्यात क्षेत्रको यो बाइनरी भूमिका ( निजीक्षेत्रले खतरा मोल्ने र सरकारले सो खतराबाट निजीक्षेत्रलाई जोगाउने) को क्रमबद्धता (परम्युटेशन) र संयोजन (कम्बिनेशन) ले नेपाली निर्यात क्षेत्रले गुणस्तरीय फड्को मार्ने निश्चित छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजागाईंका यी विचार निजी हुन् ।

वामदेव गौतम राष्ट्रियसभा बैठकमा पहिलो पटक उपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्

सागमा प्राप्त सफलतापछि नेपाली खेलकुदको भावी बाटो

सागमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता पाएको नेपाली खेलकुदको भविष्यको बाटो र प्राप्त उपलब्धि जोगाउने उपायबारे मन्त्री जगतबहादुर सुनार विश्वकर्मा र खेल विज्ञ सुशील नरसिंह राणाबीचको छलफल।

प्रधानमन्त्रीको चीन भ्रमण : हिमालय क्षेत्रको स्वाधीनता जोगाउने ऐतिहासिक मौका

भारतको भ्रमण आदानप्रदान पछि प्रधानमन्त्रीको अहिले भइरहेको चीन भ्रमणले नेपालको सार्वभौमिकता र हिमालय क्षेत्रको स्वाभिमानका लागि दिर्घकालिन महत्व राख्दछ । नेपालका प्रधानमन्त्रीको भारत भ्रमण,भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र भविश्यमा छिटै हुने सम्भावना रहेको चीन राष्ट्रपतिको नेपाल भ्रमणको सफलता वा असफलता नेपाली राष्ट्रियता, स्वावलम्वन र समृद्धिको अभियानलाई नयाँ …

क्रिकेट विकासमा कप्तानहरूको चिन्ता : कहिले बन्छ नियामक निकाय?

काठमाडौं : नेपाली क्रिकेट टिमले नियमित रूपमा सफलता हासिल गरिरहँदा अब सफलता जोगाउने चुनौती र थप सफलता हासिल गर्न क्रिकेटको आधिकारिक नियामक निकाय अत्यावश्यक भएको पूर्व कप्तानहरूले बताएका छन्। खेलाडीहरूको हकहितका लागि गठित क्रिकेट खेलाडी संघको नयाँ कार्यसमिति चयनपछि छ जना पूर्व कप्तानहरूले साम...