लुम्बिनी प्रदेशमा एमालेका प्रभावशाली नेतालाई साख जोगाउने चिन्ता

निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको एमालेले त्यतिबेला वाम गठबन्धनको बलमा सफलता पाएको थियो ।अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धन एकातिर हुँदा एमालेलाई आफ्नो वर्चश्व रहेका क्षेत्रमै कडा चुनौती मिल्ने देखिएको छ ।लुम