पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिए आर्थिक अवस्था सबल हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन्।...

सम्बन्धित सामग्री

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् ।  ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौं राष्ट्रिय महाधिवेशनमा उनले बैंकले एकतर्फी रूपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमतिबिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताएका हुन्   ‘बैंकबाट ९ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ,’ अध्यक्ष ओलीले भने, ‘उक्त ऋण तिर्न जाँदा ब्याजले सेवाग्राहीलाई समस्यातर्फ धकेलिरहेको हुन्छ ।’ उनले ऋण लिने र दिने दुवैको सहमतिबाट ब्याजको दर फेरवदल गर्नुपर्ने धारणा राखे ।   ‘९ प्रतिशतमा ल्याइएको ऋणको ब्याज १२–१४ प्रतिशत कहाँबाट ल्याएर तिर्ने ? ऋणीलाई कहाँबाट प्रतिफल आउँछ र तिर्ने ?,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई मर्का प¥यो त्यस कारण ब्याजको दर बढायौं । अर्का ऋणीलाई परेको मर्का कसले हेर्ने ? सहमतिका आधारमा निश्चित मापदण्ड बनाएर ऋण लिने र दिने व्यवस्था गर्नुपर्छ ।’ धितो र ऋण असुल गर्नुमात्र बैंकको काम नभएकोसमेत उनले बताए ।  बैंकले लगानी गरेपछि उक्त रकम सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । बैंक विकासको सहयोगी बन्नुपर्ने भन्दै उनले सानो पूँजीबाट केही शुरुआत गरौं भन्नेलाई बैंकले ऋण दिनुपर्ने बताए ।   कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था बिग्रिरहेकाले सरकारले सुधार गर्नुपर्ने बताए । रासस

देशको आर्थिक अवस्था सुधार्नुपर्छ : अध्यक्ष ओली

भोजपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको  सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले  देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए । यही मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत् […]

देशमा सुशासन कायम हुन सकेन : अध्यक्ष ओली

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए। उनले भने, ‘देशमा सुशासन, रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा दिन सकिएको छैन।’यसका साथै उनले देशमा कमिशनतन्त्र हावी भएको र कमिशनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताए। उनले भने, ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेका वेला नेपालको अवस्था बेहाल छ।

आफ्नो गाउँ बनाउन आफैँ लागिपरौँः अध्यक्ष ओली

प्युठान – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक विकासका निम्ती आफैँ लाग्नुपर्ने बताएका छन्। आइतबार जिल्लाको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हाल देशको आर्थिक अवस्था कमजोर बनेको उल्लेख गर्दै गाउँ तथा समग्र देशको विकासका निम्ती आफैँ लाग्नुपर्ने बताएका हुन्। अरुको आलोचना गरेर मात्र बसेर देश नबन्ने भन्दै […]

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो […]

साम्प्रदायिकताको नारा लगाएर समस्याको समाधान हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै […]

देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ : अध्यक्ष ओली

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका सञ्चिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।  आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित […]

देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लाग्योः अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन्।

सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ ।