बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् ।  ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौं राष्ट्रिय महाधिवेशनमा उनले बैंकले एकतर्फी रूपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमतिबिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताएका हुन्   ‘बैंकबाट ९ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ,’ अध्यक्ष ओलीले भने, ‘उक्त ऋण तिर्न जाँदा ब्याजले सेवाग्राहीलाई समस्यातर्फ धकेलिरहेको हुन्छ ।’ उनले ऋण लिने र दिने दुवैको सहमतिबाट ब्याजको दर फेरवदल गर्नुपर्ने धारणा राखे ।   ‘९ प्रतिशतमा ल्याइएको ऋणको ब्याज १२–१४ प्रतिशत कहाँबाट ल्याएर तिर्ने ? ऋणीलाई कहाँबाट प्रतिफल आउँछ र तिर्ने ?,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई मर्का प¥यो त्यस कारण ब्याजको दर बढायौं । अर्का ऋणीलाई परेको मर्का कसले हेर्ने ? सहमतिका आधारमा निश्चित मापदण्ड बनाएर ऋण लिने र दिने व्यवस्था गर्नुपर्छ ।’ धितो र ऋण असुल गर्नुमात्र बैंकको काम नभएकोसमेत उनले बताए ।  बैंकले लगानी गरेपछि उक्त रकम सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । बैंक विकासको सहयोगी बन्नुपर्ने भन्दै उनले सानो पूँजीबाट केही शुरुआत गरौं भन्नेलाई बैंकले ऋण दिनुपर्ने बताए ।   कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था बिग्रिरहेकाले सरकारले सुधार गर्नुपर्ने बताए । रासस 

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली अस्वस्थ

दमकः आज दिउँसो गृह जिल्ला झापा आइपुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका  छन्। झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्‍। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य…

चुनावी प्रचारका लागि एमाले अध्यक्ष ओली झापामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा पुगेको उनको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओली हुम्ला आउँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी

एमाले अध्यक्ष ओली दैलेखमा

दैलेख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्। जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्। एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेकाे बताएदैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिको

एमाले अध्यक्ष ओली झापामा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। इलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन्।  झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ।फिक्कलमा आज पार्टी प्रवेश र जनसभाको कार्यक्रम रहेको छ। अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल गएका छन्।

एमाले अध्यक्ष ओली पोखरामा

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा पुगेका हुन् । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अध्यक्ष ओलीलाई पोखरामा स्वागत गरेको तस्विर सार्वजनिक गरेका छन् ।

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली आज (बिहीबार) काठमाडौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा ओलीले आज (बिहीबार) दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ।

एमाले अध्यक्ष ओली चितवनमा

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएकाे छ । पार्टीकाे १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएकाे हाे ।  उहाँलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' पनि चितवनकाे साैराहा पुग्नुभएकाे छ ।  केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भाेलि मङ्सिर १० गते शुक्रवा...

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै छन्। नेकपा एमाले जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।