काठमाण्डाै - निर्वाचन आयोगले भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो । यसअघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले नामावली सङ्कलन कार्यक्रम सुरु गर्न लागेको हो ।
७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने निर्वाचन आयोगले जन...