एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भाद्र २९ देखि आगामी असोज ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२ हजार सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२ हजार ५ सय सम्मको छुट उपलब्ध हुनेछ । चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल का