काठमाडौं (अस) । एनआईसी एशिया बैंकले भाइबरमार्फत ग्राहकमाझ उपस्थिति जनाउने उद्देश्यसहित भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजारभन्दा बढी सदस्य जोडिएको भाइबर कम्युनिटीमार्फत ग्राहक उपस्थितिलाई प्रवद्र्धन गर्न बैंकले एनआईसी एशिया भाइबर क्विज बजसमेत सञ्चालनमा ल्याएको छ ।
यसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यो योजनामा सहभागीलाई सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रूपमा स्मार्ट वाच जित्न सक्ने बैंकले बताएको छ ।
हरेक दिन ४ जनाले ५ सय रुपैयाँको मोबाइल रिचार्ज जित्न सक्नेछन् । यसका लागि बैंकको भाइबर कम्युनिटीमा जोडिएर बैंकको भाइबर स्टिकर डाउन लोड गर्नुपर्नेछ । प्रतियोगिताअन्तर्गत सोधिने प्रश्नमा दिइएका चार विकल्पमध्येबाट सहभागीले सही जवाफ दिनुपर्नेछ । सोधिएका प्रश्नमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिए पनि विजेता बन्न सकिनेछ ।
भाइबर कम्युनिटीमा जोडिन सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई एनआईसी एशिया बैंक खोज्नुपर्नेछ । यसमार्फत बैंकको एनआईसी एशिया भाइबर क्विज बज योजनामा सहभागिता जनाउन सकिनुका साथै पछिल्ला योजना, छुट तथा सूचना, सेवा–सुविधाजस्ता गतिविधिबारे पनि जानकारी प्राप्त गर्न सकिने बैंकले बताएको छ ।