राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकार र प्रतिपक्ष दलहरूबीच योजनाको बाँडफाँटको विषयमा सहमति जुटेपछि बजेटमाथिको छलफल प्रारम्भ भएको बताउनुभएको छ । प्रदेश सरकारले ल्याइएको बजेट असन्तुलित र जनहित उपेक्षा गरिएकाले संसद्लाई अवरुद्ध गरेर आफ्नो प्रजातान्त्रिक अधिकारको उपयोग गरेको जिकीर उहाँको छ । रासससँग सोमबार सङ्क्षिप्त कुराकानी गर्दै उहाँले बजेटमाथि प्रतिपक्ष दलहरूको असन्तुष्टि …