अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मार्फत युक्रेनलाई हतियार दिने बताएका छन । उनले यससम्बन्धी नयाँ सम्झौता भएको बताएका छन । अमेरिकाले नाटो मार्फत युक्रेनलाई हतियारहरू पठाउनेछ र त्यसको पूरा लागत नाटोले बेहोर्ने उनले बताएका हुन । “हामी हतियारहरू नाटोलाई पठाउँदैछौं, र नाटो ती हतियारहरूका लागि सय प्रतिशत भुक्तानी गर्नेछ,” ट्रम्पले भने। […]