चाइनाबाट मात्रै १७ अर्बको मोबाइल आयात

नेपाली स्मार्टफोनको बजारमा चाइनिज कम्पनीको बढ्दो प्रभावलाई आर्थिक वर्ष ०७३\७४ मा आयात भएको मोबाइल तथ्यांकले दर्शाउँछ । गत

सम्बन्धित सामग्री

एक वर्षमा ४१ अर्बको मोबाइल आयात, गत वर्षभन्दा ४ अर्ब बढी बाहिरियो

९ साउन, काठमाडौं । नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो । नेपालमा पछिल्लो समयमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने […]

नेपालीको महँगो स्मार्ट फोन मोह, ११ महिनामा ३९ अर्बको मोबाइल आयात

१४ असार, काठमाडौं । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ । चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको […]

६ महिनामा भित्रियो साढे २५ अर्बको मोबाइल, ग्राहककाे रुचिअनुसारकाे फराकिलाे बजार

चालु आर्थिक वर्षको पहिलो ६ महिनमा (साउनदेखि पुससम्म) मात्रै नेपालमा साढे २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल फाेन भित्रिएको छ ।  हरेक महिना करीब साढे ४ अर्ब मूल्य बराबरको मोबाइल आयात हुँदा पनि नेपाली बजारमा मोवाइलको माग धान्न धौधौ पर्नेगरेको व्यवसायीहरू बताउँछन् ।  भन्सार विभागको तथ्यांकअनुसार, गएको ६ महिनामा मात्रै २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँको मोबाइल आयात भएको छ । त्यसलाई मासिक रूपमा हिसाब गर्ने हो भने औसमतमा हरेक महिना ४ अर्ब २७ करोड रूपैयाँको मोबाइल फोन नेपालले आयात गर्दै आएको छ । ...

तीन महिनामै सवा १७ अर्बको मोबाइल भित्रियो

पछिल्ला वर्ष मोबाइल आयात बढेको छ । भन्सार विभागको दुई आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) सम्मको तथ्यांकलाई हेर्दा मोबाइल आयात उच्च दरले बढेको छ । यस आर्थिक वर्षको साउनदेखि असोजसम्म १७ अर्ब १७ करोड ७१  लाख रुपैयाँ बराबरको २२ लाख ९ हजार १ सय ७६ थान मोबाइल भित्रिएको छ ।

नेपालमै मोबाइल एसेम्बलिङ गर्न अध्ययन शुरू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल एसेम्बलिङका लागि सम्भाव्यता अध्ययन शुरू गरेको छ । विदेशबाट वार्षिक अर्बौंको मोबाइल फोन आयात भइरहँदा त्यसको विकल्पमा नेपालमै एसेम्बिलिङ गरी व्यापारघाटा कम गर्न सकिने अध्ययन प्राधिकरणले गरेको हो । कोभिड–१९ संक्रमणपछि नेपालमा मोबाइल फोनको आयात ह्वात्तै बढेको छ । नेपाल मोबाइल फोन एशोसिएशन अफ नेपालका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै नेपालमा करीब रू. ३७ अर्बको ४० लाखभन्दा बढी सेट मोबाइल फोन आयात भएको छ । आयात ह्वात्तै बढेपछि यस सम्बन्धमा अध्ययन गर्न प्राधिकरणले प्राधिकरणका प्रवक्ता तथा मानकीकरण विभागका निर्देशक मीनप्रसाद अर्यालको नेतृत्वमा ७ सदस्यीय वर्किङ कमिटी बनाएको छ । उक्त कमिटीले नेपालमा मोबाइल फोन एसेम्बिलिङ र रिफर्बिर्सिङबारे अध्ययन गरेको हो । एसेम्बिलिङ भन्नाले पाट्र्स ल्याएर नेपालमै मोबाइल बनाउनु हो भने रिफर्बिसिङ भनेको बिग्रिएका पुराना मोबाइललाई मर्मतसम्भार गरी नयाँ बनाउनु हो । उक्त समितिले मोबाइल फोन आयातकर्ता तथा उद्योगीलाई आवश्यक सहजीकरण गरी नेपालमा मोबाइल फोन उत्पादन तथा रिफर्बिसिङ गर्न सकिने सुझाव दिएको छ । यद्यपि यो अध्ययनको पहिलो ड्राफ्ट हो । प्राधिकरणले आगामी दिनमा उद्योगीसँग सम्वन्वय गरेर विस्तृत सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले करमा के सहजीकरण गर्न सकिन्छ, उद्योग स्थापना कसरी गर्न सकिन्छ, कति मोबाइल आउँछ, कति जनशक्ति चाहिन्छ, कति फोनलाई नेपालमै एसेम्बिलिङ तथा रिफर्बिसिङ गर्न सकिन्छ र एसेम्बिलिङका सम्भावना र चुनौतीहरू के छन् भन्ने विषयमा अध्ययन शुरू गरेको बताए । उनले भने, ‘प्रतिवेदनले विस्तृत अध्ययन अगाडि बढाएको छ ।’ प्राधिकरणले एसेम्बिलिङको अध्ययन शुरू गरे तापनि व्यवसायीहरू भने एसेम्बिलिङको पक्षमा छैनन् । हाल नेपालमा मोबाइल आयात गर्दा १३ प्रतिशत भ्याटबाहेक २ दशमलव ५ प्रतिशत एक्साइज कर लाग्ने गरेकोमा अन्य भन्सार कर लाग्ने गरेको छैन । पाट्र्स आयात गर्दा पनि ५ प्रतिशत भन्सार तिर्नैपर्नेमा कर यहाँ एसेम्बिलिङ गर्दा आयातभन्दा महँगो पर्न जाने व्यवसायीहरू बताउँछन् यस कारण पनि व्यवसायीहरू नेपालमा मोबाइल फोन एसेम्बिलिङको पक्षमा भने छैनन् । पाट्र्स आयात, उद्योगमा लगानी, जनशक्ति, बजारको अभावलगायत विभिन्न कारणले नेपालमा मोबाइलको एसेम्बिलिङ उद्योग सम्भव नभएको नेपाल मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राको भनाइ छ । भारतमा सबै फोन उत्पादन हुने भएकाले नेपालको बजार हेरेर पनि बा≈य उद्योगीले एसेम्बिलिङका लागि नेपालमा लगानी नगर्ने उनी बताउँछन् ।

बर्सेनि साढे सत्ताइस अर्बको मोबाइल आयात

विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।