पछिल्ला वर्ष मोबाइल आयात बढेको छ । भन्सार विभागको दुई आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) सम्मको तथ्यांकलाई हेर्दा मोबाइल आयात उच्च दरले बढेको छ । यस आर्थिक वर्षको साउनदेखि असोजसम्म १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको २२ लाख ९ हजार १ सय ७६ थान मोबाइल भित्रिएको छ ।