६ महिनामा भित्रियो साढे २५ अर्बको मोबाइल, ग्राहककाे रुचिअनुसारकाे फराकिलाे बजार

चालु आर्थिक वर्षको पहिलो ६ महिनमा (साउनदेखि पुससम्म) मात्रै नेपालमा साढे २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल फाेन भित्रिएको छ ।  हरेक महिना करीब साढे ४ अर्ब मूल्य बराबरको मोबाइल आयात हुँदा पनि नेपाली बजारमा मोवाइलको माग धान्न धौधौ पर्नेगरेको व्यवसायीहरू बताउँछन् ।  भन्सार विभागको तथ्यांकअनुसार, गएको ६ महिनामा मात्रै २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँको मोबाइल आयात भएको छ । त्यसलाई मासिक रूपमा हिसाब गर्ने हो भने औसमतमा हरेक महिना ४ अर्ब २७ करोड रूपैयाँको मोबाइल फोन नेपालले आयात गर्दै आएको छ । ...