कात्तिक २१ देखि अनलाइन कारोबार - Karobar National Economic Daily

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आगामी कात्तिकदेखि पूर्ण रूपमा अनलाइन कारोबार गर्न सकिने व्यवस्था गर्ने भएको छ । नेप्सेले हाल परीक्षणको क्रममा रहेको नयाँ सिस्टम कात्तिक २१ गतेदेखि पूर्ण अटोमेटेड…

सम्बन्धित सामग्री

कसरी गर्ने शेयरको अनलाइन कारोबार ?

काठमाडौं । नेपाली धितोपत्र बजारको अग्रपंक्तिको नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको वर्षौं हुँदा पनि धेरैजसो लगानीकर्ता नेप्से अनलाइन कारोबार प्रणालीबारे अनभिज्ञ रहेको पाइन्छ । शेयरबजारमा लामो समयदेखि सक्रिय भएर लगानी गर्दै आएका लगानीकर्तामा नेप्से अनलाइन कारोबार प्रणालीसँग सम्बद्ध टीएमएस, नट्स, म्याचिङ इन्जिनजस्ता विषयको ज्ञान पनि कमै देखिन्छ । लगानीकर्ता ती विषयमा सचेत भए बजार अझ परिपक्व हुने शेयरबजारका जानकार बताउँछन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार बुधवार (माघ १८) सम्म डिम्याट खाता खोल्नेको संख्या ५५ लाख २४ हजार नाघेको छ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा मात्र नभएर दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यासमेत बढ्दो छ । तर, डिम्याट खाताको तुलनामा थोरै लगानीकर्ताले मात्र दोस्रो बजारमा कारोबार गर्न टीएमएस खाता खोलेका छन् । नेप्सेका अनुसार अहिले दोस्रो बजारमा लगानी गर्न टीएमएस लिने लगानीकर्ताको संख्या १४ लाख २५ हजार हाराहारी छ । यो डिम्याट खाताको करीब २६ प्रतिशत हो । आईपीओमा लगानी गर्ने लगानीकर्ताले आफूले खरीद गरेको शेयर बेच्न ब्रोकरकहाँ अनिवार्य कारोबार खाता खोल्नुपर्छ । तर, ब्रोकरकहाँ कारोबार खाता मात्र खोलेका लानीकर्ताले ब्रोकर कार्यालयमा फोन गरेर वा ब्रोकर कार्यालयमा उपस्थित भएर मात्र शेयर किनबेच गर्न पाउँछन् । लगानीकर्ताले ब्रोकरकहाँ कारोबार खाताका साथै टीएमएस खातासमेत खोल्दा आफ्नो मोबाइल वा कम्प्युटरबाटै आफूसँग भएको शेयर विश्वको जुनसुकै कुनाबाट बेच्न र इच्छा लागेको शेयर किन्न सक्छन् । नेप्सेले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणाली (नट्स)मा इन्टरनेट प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट लगानीकर्ताले शेयर खरीद र विक्री आदेश प्रविष्ट गरी कारोबार गर्न सक्छन् । नट्स प्रणाली आउनुअघि लगानीकर्तालाई त्यस्तो सुविधा थिएन । नेप्सेले २०५० सालमा ओपन आउट क्राई सिस्टम अर्थात् नेप्सेको कारोबार कक्षमै उपस्थित भएर धितोपत्र दलालहरूले (ब्रोकर) शेयर खरीदविक्री गर्ने र उक्त कारोबार नेप्सेका कर्मचारीले सेतोपाटीमा लेखी सम्पन्न गर्न थालेको थियो । नेप्सेले २०६४ सालमा ओपन आउट क्राई सिस्टम विस्थापित गरी सेमीअटोमेटेड सिस्टम शुरू गरेको थियो । २०७५ कात्तिकदेखि नेप्सेले नट्स सञ्चालनमा ल्याएसँगै विगतको तुलनामा लगानीकर्तालाई शेयर किनबेच गर्न धेरै सहज भएको छ । अहिले लगानीकर्ताले नट्स प्रणालीअन्तर्गतको टीएमएस प्रयोग गरी संसारको जुनसुकै कुनाबाट नेपाली शेयरबजारमा शेयर किनबेच गर्न सम्भव भएको छ । नट्सको टीएमएस प्रयोग गरी ब्रोकरका साथै लगानीकर्ताले इन्टरनेटमार्फत धितोपत्र खरीदविक्री गर्न सक्छन् । टीएमएसबाट ब्रोकरले पनि लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायत काम गर्न सक्छन् । यस्तै लगानीकर्ताले टीएमएसमार्फत शेयर खरीदविक्री गर्ने आदेश दिने, रकम ट्रान्सफर गर्नेलगायत काम आफै गर्न सक्छन् । टीएमएसबाट लगानीकर्ताले नेप्सेको चार्टहरू पनि अध्ययन गर्न सक्छन् । अहिले लगानीकर्ता नेप्सेको चार्ट अध्ययनका लागि पत्रपत्रिकालगायत अन्य माध्यममा भर पर्नु परेको छ । टीएमएसमा ब्रोकरको डेटा सेन्टरमा होस्टिङ भई ब्रोकर तथा लगानीकर्ताको कारोबार व्यवस्थापन हुन्छ अर्थात् टीएमएस हरेक ब्रोकरको डेटा सेन्टरमा छ । यस्तै टीएमएसबाट दिइएको सम्पूर्ण आदेश नट्समा गएर म्याचिङ हुन्छ । त्यसैले टीएमएस सञ्चालनका लागि ब्रोकरहरूले छुट्टै डेटा सेन्टर बनाउनुपर्छ । तर, लगानीकर्ताले डेटा सेन्टर बनाउन भने आवश्यक पर्दैन । नेप्सेको टीएमएस अहिले ५० ओटा ब्रोकर र नागरिक स्टक डिलरले चलाउँदै आएका छन् । वाइको प्राइभेट लिमिटेडद्वारा निर्मित उक्त टीएमएसको मर्मतसम्भार कार्य पनि वाइकोले नै गर्दै आएको छ । यस्तै नट्स पनि वाइको प्राइभेट लिमिटेडले नै निर्माण गरेकाले नट्सको मर्मतसम्भारको काम पनि उसैले गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७९ (तेस्रो संशोधन) कार्यान्वयनमा ल्याएसँगै अहिले ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालनमा ल्याउने बाटो खुलेको छ । हाल सञ्चालनमा रहेका ३३ ओटा ब्रोकरले श्रीलंकाको आइरनवान कम्पनीको र नासा सेक्युरिटिजले भारतीय डिअन ग्लोबलको टीएमएस सञ्चालनमा ल्याउन लागेका हुन् । बाँकी १४ ओटा ब्रोकरले अहिले सञ्चालनमा रहेको नेप्सेकै टीएमएस सञ्चालन गर्ने भएका छन् । ब्रोकरहरूले नयाँ टीएमएस सञ्चालन गर्नुअघि नेप्सेमा निवेदन दिनुका साथै पूर्वाधार निर्माण शुल्क तिर्नुपर्ने, प्रणाली जडान, प्रणाली परीक्षणलगायत विभिन्न चरण पार गर्नुपर्छ । नेप्सेका अनुसार अहिले सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नं ३६) ले आइरनवान कम्पनीको टीएमएसको टेस्टिङ गरिरहेको छ । सेक्युर्ड सेक्युरिटिजका सञ्चालक तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनालीले श्रीलंकाको आइरनवान कम्पनीको टीएमएस सञ्चालनमा ल्याउन लागेका ३३ ओटा ब्रोकरहरूको एकैपटक टेस्टिङ गर्न समय लाग्ने भएकाले अहिले सेक्युर्ड सेक्युरिटिजको मात्र टेस्टिङ भइरहेको बताए । मैनालीका अनुसार सेक्युर्डको टेस्टिङपछि बाँकीको लाइभ टेस्टिङ एकैपटक हुनेछ । नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही स्वीकृतिमा ढिलाइले नयाँ टीएमएस सञ्चालनका लागि श्रीलंकाको आइरनवान कम्पनीलाई भुक्तानीमा ढिला हुँदा टेस्टिङ १ महीना जति ढिलो भएको उनले बताए । यस्तै नासा सेक्युरिटिजका (ब्रोकर नम्बर ५८) सञ्चालक मदन पौडेलका अनुसार नासाले डिअन ग्लोबलको टीएमएस सञ्चालनमा ल्याउन लागेको छ । पौडेलका अनुसार नयाँ टीएमएसका लागि नेप्सेबाट एलओआई आएपछि टेस्टिङलगायत काम अघि बढ्नेछ । टीएमएस कसरी प्रयोग गर्ने ? टीएमएस प्रयोग गर्न लगानीकर्ताले सम्बद्ध ब्रोकरको कार्यालयमा गएर आफ्नो इमेल आईडीसहित केवाईसी फर्म भरी टीएमएस खाता खोल्नुपर्छ । त्यसपछि ब्रोकरबाट लगानीकर्तालाई इमेलमा सम्बद्ध ब्रोकरको टीएमएसको यूआरएल र युजरनेम प्राप्त हुन्छ । इमेलमा प्राप्त टीएमएसको युजरनेम लगानीकर्ताले सम्बद्ध ब्रोकरको टीएमएसको यूआरएलमा लग इन गर्नुपर्छ । जस्तै ब्रोकर नम्बर ४५ मा टीएमएस खाता भएका लगानीकर्ताले ब्रोकर नम्बर ४५ को टीएमएसको यूआरएलमा लग इन गर्नुपर्छ । त्यसपछि लगानीकर्ताले इमेलमा प्राप्त लिंकमार्फत आफ्नो टीएमएसको पासवर्ड परिवर्तन गर्नुपर्छ । पासवर्ड परिवर्तन गर्न लगानीकर्ताले फर्गट पासवर्डमा क्लिक गर्नुपर्छ । त्यसपछि लगानीकर्ताले आफ्नो इमेलमा प्राप्त ओटीपी प्रविष्ट गरी पासवर्ड परिवर्तन गरेर कारोबार गर्न सक्छन् । टीएमएस प्रयोग गर्ने तरीका ब्रोकरको कार्यालयमा गई इमेल आईडीसहित केवाईसी अपडेट गर्ने, ब्रोकरबाट इमेलमा प्राप्त टीएमएस यूआरएल लग इन गर्ने, फर्गट पासवर्डमा गएर इमेलमा प्राप्त लिंकमार्फत पासवर्ड चेन्ज गर्ने, टीएमएस यूआरएलमा लग इन गरेपछि इमेलमा प्राप्त ओटीपी प्रविष्ट गरी कारोबार गर्न सकिन्छ ।

सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपियाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो । यस योजनाले नगद भुक्तानीबाट […]

भारतमा अनलाइन कारोबार गर्नेको संख्या अमेरिकाको जनसंख्याभन्दा बढी

काठमाडौँ- भारतमा ३४ करोड मानिसहरुले विद्युतीय कारोबार गर्ने गरेको तथ्यांक प्रकाशित भएको छ । भारतको इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इण्डियाले प्रकाशित गरेको तथ्यांकमा भारतमा अनलाइनमार्फत् विद्युतीय कारोबार गर्ने मानिसहरुको संख्या ३४ करोड ६० लाख रहेको छ । यो सङ्ख्या अमेरिकाको कूल जनसंख्या ३३ करोड १० लाख भन्दा बढी रहेको भारतीय अखबार द हिन्दुको बिजनेस […]

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले नेप्सेमा अनलाइनबाट दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको जानकारी दिएको हो ।  त्यस्तै कारोबारका लागि १३ लाख बढी लगानीकर्ताले अनलाइन सुविधा लिएका छन् । प्रतिवेदनमा सदस्य दलालले सञ्चालन गर्ने नेप्सेको अनलाइन कारोबार प्रणालीसँग जडित व्यापार व्यवस्थापन प्रणाली...

अनलाइन कारोबार सुरु भएको  तीन वर्षमा पनि छैन जोखिम व्यवस्थापन प्रणाली

ब्रोकर कम्पनीहरू जोखिममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार सुरुवात गरेको तीन वर्ष पूरा भइसकेको छ । तर, हालसम्म पनि अनलाइन कारोबारका लागि ब्रोकरको तहमा आवश्यक जोखिम व्यवस्थापन प्रणाली (आरएमएस) बन्न सकेको...

घरजग्गा व्यवसायमा फस्टाउँदै अनलाइन कारोबार

काठमाडौं । सहरी क्षेत्रमा इन्टरनेटको सहज पहुँच बढेसँगै हरेकजसो व्यापार व्यवसायमा अनलाइन कारोबार सेवा फस्टाउँदै गएको छ । पछिल्लो समय  अनलाइनमार्फत घरजग्गाको कारोबार गर्नेहरू बढेका छन् । अनलाइनमार्फत कारोवार गर्दा व्यापारी र सेवाग्राही दुवैको समय सदुपयोग हुने र  टोल–टोलमा घरजग्गा खोज्दै हिँड्नुपर्ने झन्झट नहुने भएकाले घरजग्गा कारोबारमा अनलाइन व्यवसाय फस्टाउँदै गएको हो । नेपालमा अहिले अनलाइनमार्फत घर जग्गासम्बन्धी सम्पूर्ण कारोबार गर्ने फेसबुक पेज, युट्युब च्यानललगायत डिजिटल सामग्री प्रयोग हुन थालेका छन् । १५ वर्षदेखि  घरजग्गासम्बन्धी कारोबार गर्दै आएका राजु बस्नेतले सुरुमा कीर्तिपुरको नयाँबजारमा सटर भाडामा लिएर कारोबार गर्दै आएका थिए । तर, अचेल उनको कारोबारको स्वरूप बदलिएको छ । सुरुमा घरजग्गा किन्न र विक्री गर्न चाहने मानिसहरू उनको अफिसमै आउँथे । त्यतिबेला समय मिलाउन धौ–धौ पर्ने गरेको अनुभव उनको छ । अचेल भने आफ्नो अफिसको हाम्रो घरजग्गा नामक फेसबुक पेजमार्फत विक्री गर्नुपर्ने घडेरी वा घरको फोटो र त्यसको विशेषता, मूल्यसहित सबै कुरा पोस्ट गरेपछि चित्त बुझ्ने ग्राहकले फोनमार्फत सम्पर्क गरेर किन्न आउने गरेको उनले सुनाए । त्यसैले सबैजसो काम आजभोलि अफिसभन्दा पनि घरबाटै सञ्चालन हुने गरेको उनी बताउँछन् । अनलाइनले काम गर्न निकै सहज भएको उनको अनुभव छ । अनलाइनमार्फत घरजग्गाको कारोबार गर्नेहरू पनि अहिले बढेको उनको भनाइ छ । घरजग्गा नेपाल, घरजग्गा मार्केट, रेन्टल नेपाललगायत दर्जनौं फेसबुक पेज तथा युट्युब च्यानल अहिले कारोबारमा सक्रिय छन् । यी पेज तथा च्यानलले आफैंले विक्री गर्नुपर्ने घरजग्गा भएको ठाउँमा पुगेर फोटो तथा भिडियो बनाई आफ्नो पेजमार्फत सशुल्क  विज्ञापन गरेर ग्राहक तथा घरजग्गा मालिकलाई समेत सहज बनाइदिएका छन् । डिजिटल माध्ययमबाट घरजग्गाको कारोबार हुन थालेपछि सेवाग्राही पनि जग्गा खोजिरहनु पर्ने झन्झटबाट मुक्त भएका छन् । बस्नेतसँगै डिजिटल माध्यमबाट कारोबार गरी कलंकीमा भर्खरै घर किनेका नवराज शाहले अनलाइन प्रविधिले ग्राहकलाई सजिलो बनाइदिएको बताए । अनलाइन प्रविधिले समयको सदुपयोग भएको उनको बुझाइ छ ।

सेयर बजारमा कारोबार उच्च हुँदा लगानीकर्ताभन्दा ब्रोकरको कमाइ बढी

निषेधाज्ञासँगै सेयर बजारमा अनलाइन कारोबार बढ्न थालेको छ । लगानीका अरू विकल्पलाई निषेधाज्ञाले असर गरिरहेको अवस्थामा सेयर बजारमा औसत १७ अर्बसम्मको कारोबार हुने गरेको छ । अनलाइन कारोबार भए पनि ब्रोकरको कमिसन भने लगानीकर्ताले तिरिरहेका छन् । औसत १७ अर्बको कारोबारलाई आधार मान्दा लगानीकर्ताले कमिसन रकमको रूपमा औसतमा दैनिक १२ करोड रुपैयाँसम्म तिर्ने गरेका छन् । लगानीकताले तिरेको यो रकम ब्रोकर मात्र होइन, नेप्सेले पनि पाउँछ । अर्को सीडीएससी, बोर्डले पनि कमिसन पाउँछन् ।यति ठूलो रकम तिर्नु परेपछि लगानीकर्

नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या

२७ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको छ । कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट ‘टिएमएस’ …