पोखरा । आदिवासी जनजाति कलाकार महासंघ गण्डकीको अध्यक्षमा शंकर विरही गुरुङ चयन भएका छन् । आदिवासी जनजाति कलाकारहरुको पोखरामा आयोजित प्रथम गण्डकी प्रदेशस्तरीय भेलाले लोक दोहोरी कलाकार गुरुङलाई नेतृत्वको लागि चयन गरेको हो । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेका छन् । भेलाले गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा करण तामाङ, द्वितीय उपाध्यक्षमा सरिता सारु मगर, महिला उपाध्यक्षमा दुर्गा गु