नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो ।कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो । आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग आवश्यक भएको अवस्था उल्लेख गरि खड्काले संघमा सहयोगको अनुरोध गरेकोले सहयोग प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए । सहयोग कार्यक्रममा संघका अध्यक्ष रविन्द्र