काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा तीन जिल्लामा ४ सय १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ६ सय ६७ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३ सय १६ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा २९ जना संक्रमित थपिएका छन्।