सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम' :: Pahilopost.com

काठमाडौँः महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहीन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको उल्लेख छ। पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै

सम्बन्धित सामग्री

पूर्वतयारीको काम नसकिँदै बुढीगण्डकी शिलान्यास गर्ने प्रधानमन्त्रीको घोषणा

लगानीको मोडेल तथा निर्माण पूर्वतयारीको काम नसकिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना असारभित्रै शिलान्यास गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार धादिङको गजुरीस्थित आदर्श बहुमुखी...

सिन्धुलीमा निर्माण नसकिँदै भत्कियो पुल

सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ । दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर लाखौं सरकारी रकमको दुरुपयोग भएको छ । हिउँदका दिनमा भन्दा वर्षायाममा आउने बाढीले त्यस क्षेत्रका स्थानीयहरुको आवत जावतमा कठिनाई भएपछि दुई वर्ष अगावै खारखोलामा स्ल्याव […]

निर्माण नसकिँदै चर्किएको पुल पुनर्निर्माण हुँदै

निर्माण सम्पन्न नहुँदै चर्किएको पक्की पुलको पुनर्निर्माण थालिएको छ । जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण नसकिँदै चर्किएको थियो । गत वर्ष असार पहिलो सातातिर पुलको अन्तिम निर्माणकार्य चलिरहँदा पुल एक्कासि चर्किएपछि काम रोकिएको थियो । पुल चर्किएको केही महिनामै पुनर्निर्माण थालिने भने पनि ठेकेदारले फागुन महिनादेखि पुनर्निर्माणको काम अघि बढाएको छ । पक्की पुलबाट […]

निर्माण नसकिँदै पुल उद्घाटन, अहिलेसम्म नबन्दा सास्ती

नेपालकै सबैभन्दा विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नभई पुल उदघाटन गर्न हतार गर्‍यो । हुलाकी राजमार्गअन्तर्गत पर्ने तिलावे पुल निर्माणको जिम्मा पप्पु लुम्बिनी जेभीले पाएको थियो । पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक पर्सा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद हरिनारायण रौनियारले निर्वाचनअघि निर्माण सम्पन्न नहुँदै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री […]

निर्माण नसकिँदै दमक भ्यू टावरमा पर्यटकको घुइँचो

झापाको दमक नगरपालिका–३ मा निर्माणाधीन १८ तलाको दमक भ्यू टावर निर्माण सम्पन्न भएको छ ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत दमक नगरपालिका–३ स्थित दापगाछीमा अन्तर्राष्ट्रियस्तरको २५ तलाको कंक्रिटले निर्माण गरिएको १८ तलाको भ्यू टावर निर्माण सम्पन्न भएको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिब दुई किलोमिटरमा कुल पाँच बिगाहा क्षेत्रफलमा बनेको दमक भ्यू टावर अन्तर्राष्ट्रियस्तरको हुने […]

६ वर्षदेखि अधुरो पक्की पुल निर्माण नसकिँदै चर्कियो

जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थपपछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।२०६१/६२ सालबाट सञ्चालित जीण बेलिब्रीजबाटै ठुला सवारी जोखिम पूर्णयात्रा गरिरहेका छन् । कति बेला दुर्घटना […]

सम्झौताअनुसार सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी

निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ । यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भइसक्नु पर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्त

सम्झौताअनुसार घोराही-तुलसीपुर सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी

बुटवल – निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएकाे छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्याेलमा परेकाे छ । यो सडक निर्माण […]

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।...

रसुवामा रेडपाण्डा पार्क निर्माण नसकिँदै तोडफोड

रसुवाको सदरमुकाम धुन्चेमा निर्माणाधिन रेडपाण्डा पार्क निर्माण सम्पन्न नहुँदै तोडफोड हुन थालेको छ । तीन वर्ष अघिदेखि निर्माण सुरु भएको पार्क सम्पन्न नहुँदै पार्कका संरचनामा तोडफोड भएको हो । गत असार...