त्रिशुली र मस्र्याङ्दी नदीले बगाएर दुई जना आईतबार बेपत्ता भएका छन्। गण्डकी गाउँपालिका–१ पाङ्खोलाका १४ वर्षीय बिकास चेपाङ माछा मार्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए। बेपत्ता बालक आफ्ना बाबु सँग माछा मार्न गएका थिए।
पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलामा बगेर भदौ महिना लागेयता मात्र तीन जनाको ज्यान गएको छ ।
एकजना अझै बेपत्ता छन् । माछा मार्न खोलामा गएका जिल्लाको फिदिम नगरपालिका–४ का देवीप्रसाद सम्बाहाम्फेलाई हेँवा खोलाले बगाएर बेपत्ता भएका आठ दिनपछि गएको भदौ नौ गते...
–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।