दाङ : सत्तारुढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँड सहमति भएसँगै लुम्बिनी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ। लुम्बिनीमा एमालेले सरकारको नेतृत्व पाउँदा प्रदेशको लिला गिरी तेस्रो मुख्यमन्त्री बन्ने भएका छन्। उनी एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्। नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरी रूपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभाको सदस्य निर्वाचित भएका हुन्। उनले १७ हजार ६३२ मत प्रा