दैलेख – कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकाे घटनामा बेपत्ता पाँच वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । उनको शव नवाैँ दिन मङ्गलवार अछामको तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । कर्णाली नदीको किनारमा भेटिएको बालिकाकाे शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन अस्पताल पठाइएको छ ।
दैलेखको आठबीस ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै फागुन २४ गते कर्णाली नदीमा हाम फालेर सामूह...