श्रीमतीको शव भेटियाे, श्रीमान् बेपत्ता

कपिलवस्तु । अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमानकाे अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए । वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया […] The post श्रीमतीको शव भेटियाे, श्रीमान् बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

मकवानपुरकाे इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव भेटियाे

काठमाण्डाै - मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव फेला परेकाे छ ।  हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव  सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो । सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको  ।

कालीकाेट : पहिराेमा बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटियाे

कालीकोट - कालीकाेटकाे तिलागुफा-४ राँचुली गाउँमा गएकाे पहिराेमा परि बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटिएकाे छ । पहिराेमा परि बेपत्ता भएका १३ जनामध्ये ५५ वर्षीय धनबहादुर शाहीको शव फेला परेकाे हाे । उहाँकाे शव तिलानदी पारि रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयाे । यही असाेज २३ गते स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अझै १...

प्युठान पहिराे : बेपत्ता ६ मध्ये ३ जनाकाे शव भेटियाे, परिचय पनि खुल्याे

प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ ।  ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । बाँकी तीन जनाको भने खोजी भइरहेको छ । पानी परिरहेकाले उद्धारमा केही समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।  माण्डवी गाउँपालिका–४ फरन्डीमा हिजो शुक्रवार बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

प्युठानमा बेपत्ता भएका ६ मध्ये दुई जनाकाे शव भेटियाे

प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज शनिवार बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।  माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेकाे प्युठान प्रहरीले जनाएकाे छ ।  अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिक...

पौडी खेल्दा बेपत्ता तीन बालकको शव भेटियाे

हेटौंडा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले हेटौडा उप–महानगरपालिका वडा नम्बर ७ स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनाको शव फेला पारेको छ । सो गणबाट सशस्त्र प्रहरी निरीक्षक जयबहादुर दथेपुथेको नेतृत्वमा खटिएको विपद् उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले शुक्रबार पौडी खेल्ने क्रममा बेपत्ता भएका ती बालकको […] The post पौडी खेल्दा बेपत्ता तीन बालकको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँचथर पहिरो : बेपत्ता तीन जनामध्ये एक जनाको शव भेटियाे, दुई जनाको खोजी चल्दै

काठमाण्डाै - पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका रुपलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ता उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको खोजी भइरहेको छ । गएराति खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ ...

भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाकाे शव भेटियाे

काठमाडौ । सुर्खेतकाे भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहिबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ । गत शनिबार नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको […]

हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेलीको शव भेटियाे

काठमाडौं : सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ। सोमबार तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले शव फेला पारेको पर्यटक प्रहरी  प्रमुख  प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले शव फेला पारेपनि उद्धार भने गर्न सकेका थिएनन्। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेका

रुकुम पश्चिमकाे ठूली दहमा बेपत्ता दाजुभाइकाे शव भेटियाे

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइकाे शव भेटिएकाे छ ।  दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए ।  उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियाे ।

कर्णालीमा बेपत्ता रजनीकाे शव भेटियाे

दैलेख – कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकाे घटनामा बेपत्ता पाँच वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । उनको शव नवाैँ दिन मङ्गलवार अछामको तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । कर्णाली नदीको किनारमा भेटिएको बालिकाकाे शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन अस्पताल पठाइएको छ । दैलेखको आठबीस ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै फागुन २४ गते कर्णाली नदीमा हाम फालेर सामूह...