प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ ।
५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । बाँकी तीन जनाको भने खोजी भइरहेको छ । पानी परिरहेकाले उद्धारमा केही समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।
माण्डवी गाउँपालिका–४ फरन्डीमा हिजो शुक्रवार बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।