म्याग्दी – कोरोना भाइरस सङ्क्रमणका कारण गएको पाँच महिनादेखि बन्द म्याग्दीका विद्यालय, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र आज शुक्रवारदेखि खुलेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।
सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । म्याग्दीमा कोरोना स...