हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्ग बेनी–जोमसोम सडकखण्ड पुनः अवरुद्ध भएको छ । गएको बैशाखदेखि जोमसोम–पोखरा हवाई यातायात बन्द भएको समयमा एक मात्रै मार्ग बेनी–जोमसोम अवरुद्ध हुँदा जिल्लाका बिरामीहरु थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा निकै कठिनाई हुने भएकाे छ ।