रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा : युक्रेनको अस्वीकार

युक्रेनमाथि आक्रमण सुरु गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक ३६ घण्टे युद्धविरामको घोषणा गरेको छ। ‘अर्थोडक्स’ इसाईहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गर्नुभएको हो। जनवरी ७ तारिखमा ‘अर्थोडक्स’ क्रिसमस मनाइँदैछ । युक्रेनले अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम...