नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गरे । उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानुन अनुसार एमसीसी टेबल गरिएको जवाफ दिन माग गरे । ‘जुन विषय नेपालको स्वभिमान, आत्मसम्मानसँग सम्बन्धित छ । जनताको भावना विपर