काठमाडौं : नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए। एमालेविरुद्ध