नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ । कक्षा एकदेखि पाँचसम्म लागू हुने स्थानीय पाठ्यक्रमको आज एक कार्यक्रमबीच विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधानअनुसार स्थानीयतहले विद्यालयतहको पाठ्यक्रममा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्थाअनुसार विर