विराटनगर महानगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ ।
कक्षा एकदेखि पाँचसम्म लागू हुने स्थानीय पाठ्यक्रमको आज एक कार्यक्रमबीच विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।