विपद् जोखिम व्यवस्थापनबारे पाठ्यक्रममा समावेश गर्न छलफल

मोरङ – प्रदेश नम्बर १ सरकारले विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषयलाई समेत पाठ्यक्रम समावेश गर्ने विषयमा छलफल गरेको छ। विराटनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार आयोजना गरेको एक कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बालबालिकालाई विपद् जोखिमबारे जानकारी दिने उद्देश्यसहित पठनपाठनमा जोड्दा भवितव्य घटना न्यूनीकरण हुन सक्ने बताए। मन्त्री कार्कीले भने, ‘विद्यालयबाट निस्केपछि […]

सम्बन्धित सामग्री

पाठ्यक्रममा विपद्का विषयवस्तु राख्न टास्क फोर्स बनाउँछौँ : प्राधिकरण

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विद्यालयको पाठ्यक्रममा विपद्का विषय कसरी समावेश गर्ने भन्नेबारे टास्क फोर्स बनाएर काम अघि बढाउने भएको छ।प्राधिकरणका सहसचिव अनिता निरौलाले यसका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिएकी छन्। उनले भनिन्, ‘कस्ता विषयवस्तु पाठ्यक्रममा राख्ने भन्नेबारे छलफल पनि विज्ञसँग भइरहेको छ, विषय पहिचान गरी राखिनुपर्छ,’ उनले भनिन्।उनका अनुसार कक्षागत तहअनुसार विपद्‌बारे चेतनामूलक विषयवस्तु पाठ्यक्रममा समावेश गरिनेछ।