तस्करीको सामान बोकेर दिल्लीबाट काठमाडौं आएको अर्को बस प्रहरी नियन्त्रणमा :: Pahilopost.com

काठमाडौः दिल्लीबाट काठमाडौं आउने नाममा अवैध सामान तस्करीकै लागि प्रयोग भएको अर्को टुरिष्ट बस प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार राति काठमाडौंको नागढुङगाबाट ना ६ ख ६३०२ बस नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेले जानकारी दिए। बस भित्र के-के अवैध सामाग्री छ भन्ने परिसरले पत्रकार सम्मेलन गरि

सम्बन्धित सामग्री

अफलाईन राइड लिने ४८ राइडर प्रहरी नियन्त्रणमा

काठमाडौं, ८ पुस । पठाओ र इनड्राइभको नाममा अफलाईन ड्राइभ गर्ने ४८ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (पुस ७ गते) विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको […]

रौतहटमा छिमेकीले नै गरे ९ वर्षीय बालिका अपहरण, दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २३ भदौ । प्रहरीले बालिका अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएकी थिईन् । घरपरिवारले खोजतलास गर्दैजाँदा छिमेकीले अपहरण गरेको खुल्न आएको थियो । त्यसपछि उनीहरुले इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी […]

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरी नियन्त्रणमा

काठमाडौं : नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। आर्थिक अनियमिततासँग मुछिएका उपरथी शाहीलाई  सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रवक्ता भण्डारीले केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको थाहाखबर जानकारी दिए। उनलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मुख्यालयमै राखिने भएको छ। ‘केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको हो। अनुसन्धान नसकिउन्जेलसम्म उहाँ सैनिक प्

एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा

२ मंसिर, काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि […]

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परेका छन्।बारामा बस दुर्घटना हुँदा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगिएको छ।मनसुन पुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम बढ्दै छ।लगातारको वर्षाले गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

चिनियाँ नागरिक अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा प्रहरी नियन्त्रणमा

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने दुईजना घुमुवा प्रहरी र उच्च अदालतका एक न्यायाधीशका पीएसओलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका उच्च अदालतका न्यायाधीशका पीएसओ रहेका हवल्दार कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा शिव सुनुवार भएको प्रहरीले जनाएको छ । त्यस्तै लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर […]

मतदातालाई पैसा बाड्न हिडेका एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा

काठमाडौं, बैशाख २९ । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो। उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला […]

सप्तरीका एक युवा लागुऔषधसहित प्रहरी नियन्त्रणमा

काठमाडौं : लागुऔषधसहित सप्तरीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सप्तरीको बोदेबरसाइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादव लागुऔषधसहित पक्राउ परेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार यादवले आफ्नै घरमा लागुऔषध नाइट्राभेट ट्याबलेट १२ सय ५० पिस र डाइजेपाम, फेनार्गन र नुर्फिन नामक इन्जेक्सनहरू ७५०/७५० एम्पुल लुकाएर राखेको अवस्थामा फेला पारेको हो। यादवमाथि लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मालेका नेताहरु प्रहरी नियन्त्रणमा

नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धि महर्जन रहेका छन् । मालेले पक्राउ परे