सप्तरीका एक युवा लागुऔषधसहित प्रहरी नियन्त्रणमा

काठमाडौं : लागुऔषधसहित सप्तरीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सप्तरीको बोदेबरसाइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादव लागुऔषधसहित पक्राउ परेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार यादवले आफ्नै घरमा लागुऔषध नाइट्राभेट ट्याबलेट १२ सय ५० पिस र डाइजेपाम, फेनार्गन र नुर्फिन नामक इन्जेक्सनहरू ७५०/७५० एम्पुल लुकाएर राखेको अवस्थामा फेला पारेको हो। यादवमाथि लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।