राइड सेयरिङ प्लाटफर्मको नाममा विदेशी कम्पनी इन–ड्राइभरले हाकाहाकी अवैध व्यापार चम्काइ रहेको छ । विश्वका ४२ वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको भनिएको राइड सेयरिङ अर्थात् राइड हेलिङ कम्पनी इन–ड्राइभरले नेपालमा भने बिना दर्ता, बिना अनुमति खुलेआम राइड सेयरिक सेवा सञ्चालन गरिरहेको पाइएको हो ।हुन त नेपालमा हालसम्म राइड सेयरिङ कम्पनीहरुलाई आधिकारिक रूपमा यातायात ऐन बमोजिम सञ्चालनको सुविधा छैन । तथापि, ऐनको अभावमा यस्ता कम्पनीहरू रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन हुन पाउने सुविधा छ