सेल्सबेरीको डिजिटल क्याम्पेन 'क्लिक एण्ड विनमा' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका आकर्षाक अफरहरु सार्वजनिक गर्दै आएको छ | यसै अनुरुप कम्पनीले आउँदै गरेको क्रिसमसको अवसरमा सेक्रेट सान्टा गिफ्ट नामक अफर सार्वजनिक गरेको छ |  यस अफर अनुरुप सेल्सबेरीमा खरिद गर्ने ग्राहकहरुले विभिन्न किसिमका सेक्रेट सान्टा गिफ्टहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार रु ५०० देखि रु...

सम्बन्धित सामग्री

भ्यालेन्टाइन डेमा क्लोजअपको ‘नजिक आउ’ निरन्तर

काठमाडौं। क्लोजअप नेपालले भ्यालेन्टाइन डेको अवसरमा आफ्नो ‘नजिक आउ’ डिजिटल अभियानलाई निरन्तरता दिएको बताएको छ । यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामीप्यमा बदल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ । क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन सधैं प्रेरित गर्दै आएको कम्पनीले बताएको छ । ‘नजिक आउ’ डिजिटल अभियानले रोचक वेब सिरिजको शुरुआत गरेको बताइएको छ, जसमा दर्शकले चार विभिन्न कथाको निष्कर्ष निर्धारण गर्न सक्ने कम्पनीको भनाइ छ । दर्शकले यी कथालाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्ने र चयन गरिएका कमेन्टबाट कथालाई निष्कर्ष दिइने बताइएको छ । त्यस्तै दैनिक क्वीज र आफ्ना विशेष मान्छेलाई लभ नोट लेख्न सकिने बताइएको छ । उत्कृष्ट १०० लभ नोट्स नेपाल भरिका प्रमुख बिलबोर्डमा प्रदर्शन हुने र तीन भाग्यशाली सहभागीले काठमाडौं उपत्यकाको पाँचतारे होटलमा प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित क्लोजअपबाट आकर्षक उपहार जित्न सक्ने बताइएको छ ।

इसेवाले ल्यायो उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

इसेवाले नेपालीहरूको चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइनबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर यस्तो योजना सार्वजनिक गरेको इसेवाले जनाएको छ । यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तर्गत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ । इसेवा दशैँ स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि न

यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू

काठमाडौं (अस) । यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू गरिएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको  आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बिहीवारदेखि उक्त मेला शुरू गरेको हो । भृकुटीमण्डमा शुरू गरिएको उक्त मेला आगामी २२ वैशाखसम्म चल्ने आयोजकले जानकारी दिएको छ । उक्त ‘महा एक्सचेन्ज मेला’मा विभिन्न सुविधासहित आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मेलामा जुनसुकै ब्राण्डका  जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने बताइएको छ । मेलामा कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरीद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९X१००० टाइम्स’मा सहभागी हुने अवसर दिइने कम्पनीले बताएको छ । सो अफर अन्तर्गत  डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक २ लाख ७ हजार ९०० रुपैयाँ पाउने बताइएको छ । त्यस्तै स्योर शटमा ८ हजार ३१६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । मेलामा टेस्ट राइडको कार्यक्रम पनि राखिएको छ । टेस्ट राइडमा सहभागीमध्येबाट हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट उपहार पाउने बताइएको छ । मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुविधा दिइने कम्पनीको भनाइ छ । मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसोरिज प्रदान गर्ने र जुनसुकै ब्रान्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने लगायत सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ ।

दशैंमा वित्तीय क्षेत्रका अफर : क्यासब्याकदेखि नगद छूटसम्म

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी नेपालको वित्तीय क्षेत्रले पनि ग्राहक लक्षित विभिन्न अफर ल्याएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था र रेमिट्यान्स कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन् । विशेषगरी बैंकहरूले विभिन्न व्यापारिक संस्थासँगको सहकार्यमा किनमेलमा गर्ने भुक्तानीमा छूट दिने अफर ल्याएका छन् । नबिल बैंकले ‘दशैं धमाका अफर’ ल्याएको छ । त्यसअन्तर्गत नबिलको डेबिट तथा क्रेडिट कार्ड अनलाइन शपिङ प्लेटफर्महरू बिगमार्ट, दराज र किरानामा प्रयोग गर्दा क्यासब्याक पाइने व्यवस्था गरिएको छ । ग्राहकले बिगमार्टमा १० प्रतिशत छूट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । किरानामा १५ प्रतिशत छूट वा १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिने बताइएको छ । यसैगरी दराजमा भने हरेक शुक्रवार १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट पाउन सकिने जानकारी बैंकले दिएको छ । सानिमा बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले अनलाइन शपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा छूट दिने योजना ल्याएको हो । डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई यस्तो सुविधा दिइने बैंकले बताएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट पाउनेछन् । यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले दशैंको अवसरमा पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । चाडपर्वको अवसरमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर बैंकले ल्याएको हो । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ, सो बराबरको रकम ग्राहकले फिर्ता पाउँछन् । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ सञ्चालनमा ल्याएको छ, जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ गतेदेखि शुरू भएको यो योजना कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क्विज बजमा दैनिक सहभागी भई सही जवाफ दिने एकजनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने प्रत्येक दिन चारजनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने कम्पनीले बताएको छ । यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डका ग्राहकलाई विशेष छूट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई धूलिखेलको आगन्तुक रिसोर्टमा छूटको दिने अफर ल्याएको छ । त्यहाँ ग्राहकलाई बसाइ र खानामा विशेष छूट दिइने बताइएको छ । यस्तै, बैंकले आफ्नो एटीएम कार्डप्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा पनि ल्याएको छ । दशैंको अवसरमा अन्य बैंक तथा वित्तीयहरूले विभिन्न अफर ल्याएका छन् । त्यसले व्यवसायमा सहयोग पनि पुगेको बैंकरहरू बताउँछन् । यसैगरी भुक्तानी सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएस मोबाइल एपमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड निःशुल्क गरेको छ । बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । असोज २० गतेदेखि शुरू भएको यो अफर कात्तिक २५ गतेसम्म कायम रहनेछ । ई–सेवाले पनि दशैं, तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । घटस्थापनादेखि शुरू भएको सो अफर असोज ३१ गतेसम्म चल्नेछ । यस अवधिमा ई–सेवाबाट कुनै पनि बैंक खातामा निःशुल्क रूपमा रकम ट्रान्सफर गर्न सकिनेछ । बम्परमा एकजनाले एउटा स्कुटर पाउने बताइएको छ । यस्तै साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् भने मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले ‘दशैंको झट्का’ स्कीम ल्याएको छ । यस अन्तर्गत अन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइनेछ । दशैंलाई लक्षित गरेर भुक्तानी सेवा प्रदायक अन्य कम्पनीले पनि विभिन्न अफर ल्याएका छन् । रेमिट्यान्सतर्फ आईएमई ले ‘डबलको डबलको डबल अफर’ ल्याएको छ । असोज १ गतेदेखि शुरू भएको यो अफर कात्तिक २६ गतेसम्म लागू हुन्छ । उक्त अफरमा विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिने बताइएको छ । साथै, हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महीना पठाएको रकमको ४ गुणा बराबरको पुरस्कार दिइने कम्पनीले बताएको छ । यस्तै, रेमिट्यान्स आईएमई–पेमा प्राप्त गरेमा २०० रुपैयाँ थप बोनस पाइने व्यवस्था पनि छ । क्यापिटलतर्फ कुमारी क्यापिटललले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना ल्याएको छ । हितग्राही खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । यसमा सरकारको ‘एक नेपाली : एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । प्रभु क्यापिटलले पनि दशैं लक्षित ‘डबल धमाका’ अफर ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालीम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यशाली १० जना ग्राहकलाई यो योजना अन्तर्गत विजेता छनोट गरिनेछ । दैनिक विजेताको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने बताइएको छ । यसरी छनौट भएका ग्राहकले खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी रकम ग्राहकको बालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।