अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने', थुनामुक्तको माग गर्दै सर्वोच्चमा दिएका थिए निवेदन

काठमाडौं : बम विस्फोट गराएको घटनामा पुर्पक्षको लागि कारागारमा रहेका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमको आज सुनवाइ नहुने भएको छ। न्यायधिश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको सुनवाइ हेर्न नमिल्नेमा राखिएको हो। ०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा जिल्ला अदालत रौतहटले थुनामा पठाएको थियो।…

सम्बन्धित सामग्री

आलमको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं : रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी चढेको मुद्दा पहिलो नम्बरमै भए पनि हेर्न नभ्याइनेमा राखिएको हो। रौतहट जिल्ला अदालतलको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध आलमले थुनामुक्त गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।तर उनको मुद्दा पटक पटक पेशी चढे पनि सुनुवाइ हुन सकेको छैन। पहिलो संविधानसभा चुनाबका बेला २०६४ चैत २७ गते रौतहटमा ब

आफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।  बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतमा पेशी चढेको अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।  आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।  पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।  नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।