काठमाडौं -गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ ।
भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खाना नै खानुपर्छ सधैं । बाहिरको खानेकुरा सकेसम्म नखानुस् । अनि राम्रो निद्राका लागि तल उल्लेख गरिएका खानेकुुरा खानुस् ।
फर्सी
फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले ...