काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो ।यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ । यस्तै होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेप