नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले बिहीवार एक विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।
‘विद्यार्थी संगठनको भूमिका समग्र विद्यार्थीको हकअधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरू अस...