नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । अध्यक्ष राजिव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।