विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलङ्कासँग ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा समेत श्रीलङ्कासँग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले । विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान दे