कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझायो । कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५ रन