चीनतर्फको उत्तरी नाका रसुवागढी र तातोपानी नाकाबाट रोकिएका सामग्री भित्रिन थाले

काठमाण्डाै - कोरोनाका कारण तिब्बतमा गरिएको लकडाउनपछि बन्द रसुवागढी र तातोपानी नाकाबाट सामग्रीको आयात सुरु भएको छ । चीनतर्फ रोकिएका व्यापारिक सामग्रीमध्ये पहिलो चरणमा हिजो सात चिनियाँ कन्टेनर रसुवागढीमा आइपुगेको छ । साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट हिजोदेखि व्यापारिक सामग्री आयात सुरु भएको हो । कोभिड–१९ नियन्त्रणका लागि भन्दै यो नाका चिनियाँ पक्षले बन्द गरेको थियो । चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका बेला भएको छलफलपछि रसुवागढी नाकाबाट सामग्री आयात हुन थालेको हो । ...

सम्बन्धित सामग्री

खुले उत्तरी नाका

चीनको स्वशासित क्षेत्र तिब्बतमा गरिएको लकडाउनका कारण बन्द रसुवागढी र तातोपानी नाका खुलेका छन् । तातोपानीमा रोकिएका कन्टेनर शनिबारदेखि र केरुङमा रोकिएका कन्टेनर बिहीबारदेखि नेपाल भित्रिन थालेका हुन् ।